धुर्मुस सुन्तली बने १२५ बालबालिकाको अभिभावक

धुर्मुस सुन्तली बने १२५ बालबालिकाको अभिभावक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी– समाजसेवाका क्रियाशस्ल सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले १५० बालबालिकालार्इ विद्यालय भर्ना गराएका छन् ।
धुर्मुस–सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराएकाे हाे।

बालबालिकालार्इ विद्यालय भर्ना गर्न सुन्तली पुगेकी थिइन्।
सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न  एक लाख प्रदान गर्ने घोषणा गरे।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा देखिएको बेथितिलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए।