काठमाण्डु-विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको मनाइदैँछ ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको छ । दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिदैँछ ।
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
टुँडिखेलमा आज बिहान ध्यान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
प्रतिक्रिया