काठमाडौँका विभिन्न स्थानबाट दुई सय पैतीस जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट दुई सय पैतीस जना पक्राउ


काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट दुई सय पैतीस जनालाइे मंगलबार पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँ मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट गाँजा सेवन गर्नेदेखि ट्यापे मुन्द्रे तथा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २ सय ३५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

मंगलबार परिसरमा भेला पारी क्यूआरटी (क्विक रेस्पोन्स टिम) र सादा पोशाकका प्रहरीलाई भेला पारी अप्रेशन सञ्चालन गर्न निर्देशन दिएपछि शंकास्पद २ सय ३५ लाई नियन्त्रणमा लिइएको पोखरेलले जानकारी दिए ।

एसएसपी पोखरेलले भने, ‘धेरै तिरबाट गुनासो आएको थियो, क्यूआरटी र सादा पोसाकका प्रहरीलाई परिचालन गरेका थियौं, प्रहरी अप्रेशनमा २ सय ३५ जना पक्राउ परेका छन्, जसमा २३ जना महिला छन् हामी अनुसन्धान गर्दै छौ’, उनले भने ।

पक्राउ परेकालाई सम्बन्धित प्रहरी वृत्तमा राखि आवश्यक अनुसन्धान अघि बढाइएको पोखरेलले जानकारी दिए ।