काठमाडौं – गृहमन्त्रालयले डिआईजी दरबन्दी भएको ठाउंमा आफुलाई नियमविपरित सरुवा गरेको भन्दै नेपाल प्रहरीका एआईजी धीरु बस्न्यात असन्तुष्ट बनेका छन् । बस्नेतले अतिरिक्त महानिरीक्षक सरुवामा असन्तुष्टि जनाउंदै १५ दिन विदामा बसेका हुन् ।
गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले १७ वैशाखमा प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका बस्न्यात र अपराध अनुसन्धान विभागका प्रमुख एआईजी पुष्कर कार्कीको जिम्मेवारी हेरफेर गरेको थियो । तर, बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएको थियो । हाल सुरक्षा परिषदमा डीआईजी शेरबहादुर वस्नेत प्रहरीको तर्फबाट प्रमुख छन् । कार्य एवं अपराध अनुसन्धान विभागमा दरबन्दी भए पनि वस्नेतलाई काजमा परिषद सरुवा गरेदेखी नै उनि असन्तुष्ट छन् ।
वस्नेतमाथी एकेडेमीमा हुंदा आर्थिक अनियमितता गरेको उजुरी परेपनि त्यसको पुष्टि भने भएको छैन् । उनलाई सुरक्षा परिषदमा पठाएर कार्वाही गरिएको प्रहरीका एक अधिकारीले बताए । नेपाल प्रहरीमा हाल तीन जना एआईजीको दरबन्दी रहेको छ । वस्न्यात प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । तर,पछिल्लो समय उनैलाई एआईजीको दरबन्दी नभएको सुरक्षा परिषद पठाएपछि भने उनि आईजीपी सर्वेन्द्र खनालसंग असन्तुष्ट बनेका छन् ।
प्रतिक्रिया