डिआईजीको दरबन्दी घटेको पत्र गृह पुग्यो, पदपूर्ति समितिको बैठक बस्ने तयारी

डिआईजीको दरबन्दी घटेको पत्र गृह पुग्यो, पदपूर्ति समितिको बैठक बस्ने तयारी


काठमाडौं – नेपाल प्रहरीमा डिआईजीको बढुवा प्रक्रिया आजबाट सुरु हुने भएको छ । सरकारले प्रहरीमा १४ जना डिआईजीको दरबन्दी राख्ने निर्णय गरेको थियो । त्यसमध्ये हाल ४ जना प्रहरीमा डिआईजी रहेका छन् बांकी १० जनाको बढुवा गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री कार्यालयबाट उक्त निणयको पत्र बिहिवार विहान गृहमन्त्रालय पुगेपछि प्रक्रिया सुरु हुन् लागेको हो ।

गृहमन्त्रालयले आजै डिआईजीको बढुवाको लागी पदपूर्ति समितिको बैठक बोलाउने तयारी गरेको छ । प्रहरीको डिआईजी बढुवाको लागी बढुवा समितिको अध्यक्ष गृहसचिव रहने व्यवस्था छ । समितिमा प्रहरी महानिरीक्षक सदस्य सचिव र नेपाल प्रहरीका प्रशासन हेर्ने एआईजी सदस्य रहने व्यवस्था छ ।

प्रहरीमा पहिलो ब्यांचबाट एसएपीहरु घनश्याम अर्याल, गणेश ऐर,पुरुषोत्तम कडेंल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, दिलिप चौधरी, देवबहादुर बोहरा र राजेशलाल कर्ण डिआईजीको लागी बढुवाको लाइनमा छन् । त्यसैगरी पछिल्लो ब्याजबाट एसएपीहरु धिरज सिंह,उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामा दौडमा छन् । एसएसपीहरु सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रविन्द्र धानुक, अरुण विसी र सहकुल थापा समेत बढुवाको लागी दौडमा छन् ।

बढुवाका लागी एसएसपीहरु विभिन्न शक्तिकेन्द्रकोमा धाइरहेका छन् । बढुवाका लागी उम्मेदवारहरु धेरै भएको र दरबन्दी थोरै भएकाले पनि समितिमाथी दबाव छ ।

एसएसपीहरु गणेश ऐर, घनश्याम अर्याल,ईश्वरबावु कार्की, वसन्त पन्त, उत्तम सुवेदी, वसन्त लामा,धिरज प्रताप सिंह, सहकुल थापा,अरुण विसी र रविन्द्र धानुकको डिआईजीमा बढुवा हुने सम्भावना प्रवल छ ।