डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण

डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण


काठमाडौँ-नेपाल पशु चिकित्सा परिषद्ले डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण गरेकी हुन् ।
त्यस अवसरमा बोल्दै मन्त्री साहले कृषि बीमाका लागि सरकारले ९७ करोड रुपैयाँ स्वकृति गर्न लागेको जानकारी दिइन् ।

‘बिमा कम्पनीलाई अनुदान बापत सरकारले ३ अर्ब रकम दिन बाँकी थियो । १ अर्ब ४५ करोड पाइसकेको छ । ९७ अर्ब स्वकृति हुने अवस्थामा छ । ४८ करोड रुपैयाँ रकम मैले नै भुक्तानी गराएको हुँ’, उनले बताइन् ।

मन्त्री साहले पशु वा कृषि बीमाबारे सचेतना फैलाउन जरुरी रहेकोमा जोड दिदैं पशु चिकित्सकलाई पशु कल्याणको रूपमा काम गर्न पनि आग्रह गरिन् । उनले यसमा यदि कानुनी बाधा छ भने त्यसको गाँठो फुकाउन सरकार तयार रहेको बताइन् । ‘पशु कल्याण ऐन बनिसकेको छ, यसलाई थप छलफल गरी कार्यान्वयनमा लैजानु पर्छ’, उनले भनिन् ।

मन्त्रालयका सचिव दीकप कुमार खनारले डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पणबाट डिजिटल नेपालको अभियान सार्थक हुन लागेको बताए ।

यस्तै मन्त्रालयका अर्का सचिव राजेन्द्र मिश्रले डिजिटल काउन्सिल र आइएसओ ९००१ः२०१५ को लोकार्पणबाट नेपाल डिजिटल प्रविधि अन्तर्गत ‘फेसलेस’ र ‘पेपरलेस’ सुशासनको युगमा प्रवेश गरेको र यसले ुसुशासनलाई पनि प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पशु चिकित्सा परिषद्का रजिष्ट्रार मनोज कुमार शाहीले डिजिटल काउन्सिल र आइएसओ ९००१ः२०१५को विषयमा प्रस्तुती दिएका थिए ।