दिल्ली क्यापिटल्सबाट सन्दीप लामिछानेसहित चार खेलाडी रिलिज

दिल्ली क्यापिटल्सबाट सन्दीप लामिछानेसहित चार खेलाडी रिलिज


काठमाण्डु – इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेसहित चार जना खेलाडीलाई रिलिज गरेको छ । रिलिज भएसँगै सन्दीपलाई नयाँ टिमबाट खेल्ने बाटो खुलेको छ ।

आईपीएलको १४औं संस्करण अघि दिल्लीले सन्दीपसहित भारतीय बलरहरु मोहित शर्मा, तुसारदेश पाण्डे, किमो पउल एलेक्स केरी र ज्यासन रोएलाई रिलिज गर्ने निर्णय गरेको हो ।

सन् २०१८ को अक्सनबाट दिल्लीले भारु २० लाखमा सन्दीपलाई अनुबन्ध गरेको थियो ।