काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई पदबाट हटाएको छ।
प्रदेश राजधानी तोकिसकेको भन्ने खबर मिडियामा आएपछि सरकारले पन्थीलाई हटाएर शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीराम शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
सरकारले सातै प्रदेशको अस्थायी राजधानीको खाका तयार भएको समाचार राष्ट्रिय समाचार समिति (रासस) ले प्रकाशित गरेको थियो। समाचारमा प्रवक्ता पन्थीलाई उद्धृत गरिएकै नाममा उनलाई पदबाट हटाइएको हो।
समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य सचिव लोकदर्शन रेग्मी प्रवक्ता पन्थीसँग रुष्ट बनेका थिए।
पन्थीले भने आफूले प्रदेशको अस्थायी मुकाम तोकेको भनेर नभनेको दाबी गर्दै आएका छन्।
प्रतिक्रिया