दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डकाे जिम्मेवारी

दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डकाे जिम्मेवारी


काठमाण्डु– चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् ।

सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।