हामीसँग स्रोत छ, स्रोतको सही परिचालन र सदुपयोग गर्नुपर्नेछ : मन्त्री खड्का

हामीसँग स्रोत छ, स्रोतको सही परिचालन र सदुपयोग गर्नुपर्नेछ : मन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जामन्त्री दीपक खड्काले नेपालमा भएका स्रोतको सही सदुपयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार कर्पोरेट नेपालको वार्षिकोत्सवको अवसरमा आयोजित ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ कार्यक्रममा बोल्दै उनले नेपालसँग प्रशस्त स्रोत भएको र सही सदुपयोग गर्नुपर्ने बताए ।

‘हामीसँग स्रोत छ, स्रोतको सही परिचालन र सदुपयोग गर्नुपर्नेछ । जिम्मेवारीमा बसेर काम गर्न सक्यौं भने हाम्रा तमाम समस्याहरू, अघि कुरा आयो जनताको वितृष्णा छ । त्यस्तो हैन अल्मलिएको हुनसक्छ । त्यो अल्मलिएकोलाई ट्रयाकमा ल्याउनुपर्छ । त्यो हामी सबैको दायित्व हो,’ उनले भने ।

सबै कुरा सरकारको भर नपर्न र नागरिकको तहबाट पनि केही गर्नुपर्ने उनले बताए । ‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि त्यति ठीक होइन । सरकारलाई सहयोग गर्छौं, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सक्यो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ जस्तो लाग्दैन ।’