कास्की – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि झापड वर्षाएका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै झापड हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले झापड हानेका थिए ।
उनले झापड हानेको स्वीकार पनि गरे र भने, ‘तीन झापड हानेको हुँ । अब बुद्धि आउला ।’
हातपात किन भन्ने प्रश्नमा मनाङेले भने, ‘खेलाडीलाई ग्राउन्ड पनि दिएका छैनन् । गाउँबाट बोलाएर… मनाङबाट आएको सात दिन भयो । आफैँले पालेर राखिदिएको छु । यिनीहरुले अहिलेसम्म ग्राउन्ड दिएका छैनन्, गाडी दिएका छैनन् । यिनीहरुले के गरेको ? कहाँ सुत्ने केही थाहा छैन, अब हाम्रो मनाङको गेम त यहाँको कास्की र हेम्जाको जस्तो त होइन नि ।’
एन्फाका कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलिबाट छ । तर सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भने ।
मुख्यमन्त्री कप सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको छ ।
प्रतिक्रिया