भारत र चीन दुवैसँग नेपालले फाइदा लिन सक्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

भारत र चीन दुवैसँग नेपालले फाइदा लिन सक्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रमा राज्यको ढुकुटी नै रित्तियो भनेर हल्ला भएकोले जनतामा एक किसिमको आशंका पैदा भैरहेको बेलामा केन्द्रिय तथ्यांक विभागले प्रति व्यक्ति आम्दानी एक लाख प्लस हुने भनेपछि केही आशा जगाएको बताएका छन्।

राजधानीमा अायाेजित साक्षात्कारमा क्षेत्रीले मुलुक संघीय प्रणालीमा गएकोले केन्द्रिय बजेटको ५० प्रतिशत प्रदेश तथा स्थानीय तहमा पुग्ने बताए। उनले थपे,‘अहिले प्रदेश र स्थानीय तहमा धमाधम बजेट बनिरहेका छन्।’ यो आर्थिक वर्षमा करिब १५ खर्बको हाराहारीमा बजेट आउने उनले जनाए।

उनले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपालले फाईदा लिन सक्नुपर्ने बताए । क्षेत्रीले भने, ‘चीनले हाम्रा सरकार प्रमुखहरुसँगको भेटवार्तामा तपाईहरु भारतसँग सम्बन्ध सुमधुर बनाउनुहोस्, हामी खुल्ला दिलले सहयोग गर्छौ भन्ने गरेको छ।’

भारतले नेपालको विकासमा सहयोग पुर्याउने भन्दै बोलेका कुराहरु र बाचाहरु अहिलेसम्म पूरा नगरेको उनको गुनासो थियो ।

उनले थपे,‘मोदीले एक खर्ब दिन्छु भन्नुभयो, तर अहिलेसम्म एक डलर पनि आएको छैन, भारतले चाहिनेभन्दा बढि नै बोल्ने गरेको छ, तर बोलेका कुरा पूरा गरेन, यो दुःखको कुरा हो।’ नेपालले दुवै छिमेकीसँग पञ्चशीलका आधारमा सम्बन्ध कायम गर्नुपर्ने उनको सुझाव थियो।

त्यस्तै उनले भारत र चीनबीच कसले पहिले नेपालमा रेल पुर्याउने भन्नेमा प्रतिष्पर्धा भए नेपालमा पनि राम्रो फाईदा हने धारणा राखे । उनले थपे,‘भारतको रेल बिरगन्ज हुँदै काठमाडौं आउने रेल पहिले आउने कि रु केरुङहुँदै काठमाडौं लुम्बिनी आउने चीनीयाँ रेल पहिले रु भनेर भारत र चीनबीच प्रतिष्पर्धा भयो भने त्यसले नेपाललाई फाईदा हुन्छ।’ यद्धपी उनले भारत र चीनबीच झगडा भए नेपालले बीचमा बसेर झगडा मिलाउन सक्ने हैसियत राख्नुपर्ने बताए ।