पुर्व गृहमन्त्री बस्नेतले लिए युवा नेता दिपेश पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी

पुर्व गृहमन्त्री बस्नेतले लिए युवा नेता दिपेश पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतले सड्क दुर्घटनामा परी गम्भिर घाईते भएका विद्यार्थी नेता दिपेश पुनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । पुन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष समेत हुन ।

 

काठमाडौंको धापासीमा रहेको ग्राण्डि अस्पताल पुगेर आईतबार वस्नेतले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन ।

 

 

माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका वस्नेतले उनको उपचारमा संलग्न चिकित्सकहरुसंग भेटेर समेत उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

 

 

पुनलाई भेट्न पुर्व शान्तीमन्त्री समेत रहेकी माओवादी नेतृ सत्या पहाडी समेत अस्पताल पुगेकी थिईन ।