सिन्डिकेट अन्त्य गर्न योगदान दिएका महानिर्देशक भट्टराई मन्त्रालय तानिए

सिन्डिकेट अन्त्य गर्न योगदान दिएका महानिर्देशक भट्टराई मन्त्रालय तानिए


काठमाडाैँ- सिन्डिकेट अन्त्य गर्न भएका कानुनको कार्यान्वयन गरी सर्वत्र प्रशंसा बटुलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय तानिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् ।

मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टटराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि सचिवले हस्ताक्षर गर्न मानेपछि अाज सह-सहचिवलार्इ हस्ताक्षर गर्न लगाएका हुन् ।

पछिल्लो समय यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेका थिए उनले । भौतिक पूर्वाधारमन्त्रीले खुट्टा कमाएका बेला महानिर्देशक भट्टराईले सिन्डिकेट खारेज गर्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई दह्रो साथ दिएका थिए ।

सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।