दीर्घराज उपाध्याय/काठमाडौं – सुदूर पश्चिमसंगै पुरै देश कोरोनाको सन्त्रासमा थियो । र छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश बहादुर शाह काठमाडौंमा थिए ।
आर्थिक मामिला मन्त्री तथा योजना मन्त्री झपट बोहरा पनि काठमाडौं मै थिए । झण्डै एक सातापछि मन्त्री शाह अस्ती धनगढी आए । बोहरा हिजो ।
वन,वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट आफ्नै सचिवलाई ज्यान मार्ने धम्की दिएको समाचार बाहिरिएपछि त्यसको बचाउमा विज्ञप्तिवाजी गर्नमै व्यस्त थिईन ।
जनता सन्त्रासमा छन् । शासक निस्फिक्री छन् । जनताको स्वास्थ्य र सुरक्षा शासकको प्राथमिकतामा भने पर्दैन । मुख्यमन्त्री न देखिन्छन् । न सुनिन्छन । न बोल्छन ।
सेती प्रादेशिक अस्पतालबाट करीव डेढ किमीको दूरीमा रहेका कोरोना संक्रमितका परिवारलाई अस्पतालसम्म पु¥याउन कोही एम्बुलेन्स चालक तयार नहुदा प्रहरी मध्यराति उनीहरुलाई घरमा छोडेर फिर्ता हुन बाध्य भयो । संक्रमितका परिवारजन अस्पतालसम्म पुग्न पाएनन ।
कोरोना भाईरसबाट एक जना मात्र संक्रमित भएको पुष्टि भएको छ । हामी संक्रमणको प्रारम्भिक अवस्थामा छौ । अहिले नै यस्तो अवस्था छ । भोलि के होला, हामी कल्पना पनि गर्न सक्ने अवस्थामा छैनौ ।
पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्टको व्यवस्था नभएकै कारण एम्बुलेन्स चालक संक्रमितका परिवारजनको उद्दार गर्न तयार भएनन ।
उद्दारमा खटिएका सुरक्षाकर्मीहरुले कसरी काम गरिरहेका होलान ? उनीहरुसंग त झन केही छदैदैन ।
अस्पतालमा संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी कुन मनोबलले काम गरिरहेका छन् । जोसंग पीपीई र मास्क सम्म छैन ।
सरकारसंग के पीपीई र मास्क किन्न बजेट नभएको अवस्था हो ? के सरकारले पीपीई खरीद गर्न समय नभएको हो ?
होईन, सरकारसंग त्यो किन्न सक्ने ईच्छाशक्ति नभएर हो । जागर नभएर हो । सरकारले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको जोखिम र त्यसको सम्बेदनशिलता नबुझेको पनि होईन । बुझ पचाएर हो । देश लकडाउन हुदा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु त शयरमा काठमाडौंमा थिए । उनलाई जनताको स्वास्थ्य र सुरक्षाको के चिन्ता ?
आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहलाई मिडियासंग बोल्ने फुर्सद हुदैन । सञ्चारमन्त्री उनै हुन् । प्रदेशको गृहमन्त्री पनि उनै हुन् । सुरक्षाकर्मीको अवस्था के छ ? कसरी काम गरिरहेका छन् ? उनलाई यसबारेमा सोच्ने फुर्सद छैन ।
प्रदेशको कोषको जिम्मेवारी आर्थिक मामिला मन्त्री झपट बोहराको हो । लेखराज र भीम रावलको आशिर्वादमा मन्त्री भएका उनलाई आफ्नो निर्वाचन क्षेत्र बाहेक अरुको चिन्ता हुदैन ।
उनी त समवेदना पनि अन्य क्षेत्रका मान्छे मर्दा दिदैनन । अहिलेसम्म उनका फेसबुक स्टाटसहरुले त्यही देखाउछ ।
जिल्ला, भेग, ईलाका र गर्खाभन्दा माथि उठ्न नसकेका मन्त्रीहरुबाट हामी समग्र सुदूरपश्चिमका जनताको स्वास्थ्यको सुरक्षा, विकास र समृद्धिको अपेक्षा गर्छौ । मुर्ख त हामी हौ । जो उनीहरुसंग अपेक्षा गर्छौ । वनमन्त्री माया भट्टले मन्दिरमा १६ करोड सक्दा पनि कोही बोलेनन् । लेख्नेहरु सरकारको बिरोधी कित्ताका भए ।
सामाजिक विकास मन्त्री कृष्ण कुमार सुवेदीले सामाजिक विकास मन्त्रालयको हुर्मत लिईरहे । सुधारभन्दा सरुवामा बढि रुचि राख्ने मन्त्री सुवेदीले भनेको नमान्दा तीन जना सचिव फेरिईसके । उनी अत्याधुनिक नाममा मन्त्रालयले बाँडेका पट्टावाला एम्बुलेन्सको तरफदारीमै समय खर्चिनमै व्यस्त छन् ।
मन्त्री विनिता चौधरी पनि आफ्नै निर्वाचन क्षेत्रमा पावर टेलर बाँडेर रमाएकी छन् । तटबन्ध र ग्राभलेका नाममा मन्त्रालयको बजेट सक्दा र योजनाहरुको खुलेआम बेचबिखन भईरहेको मन्त्रालयको नेतृत्व गरेका पठानसिंह बोहरालाई कसले हल्लाउने ? नेकपाका अध्यक्ष केपी शर्मा ओलीका एक्ला मन्त्री हुन्, प्रदेश सरकारमा ।
केही थान हनुमानहरु छन्, जो सरकारले यो गर्दिए हुन्थ्यो, भनेर आग्रहपूर्ण बिचार व्यक्त गर्नेहरुका बिरुद्ध अरिगांल भएर जाई लाग्छन्, मानौ सरकार नै उनै हुन् । सरकारका प्रवक्ता पनि उनै हुन् । यो सरकार मेरो पनि हो । जति उनीहरुको हो । मेरो सरकारले राम्रो गरेन भने राम्रो किन गरेन भन्ने मेरो पनि अधिकार हो ।
मैले भनेको कुरा गलत छ भने तर्क र तथ्य सहित भन्न सक्नु परेकी हामीले राम्रो गर्दा गर्दै सरकारको आलोचना भयो ?
तर ती केही थान हनुमानहरु त मन्त्री भन्दा बढि जान्ने भएर प्रवक्ताका रुपमा अर्ति दिन्छन । किट ल्याउछु भन्छन, मन्त्री । तिनीहरु भन्छन्,दुई दिनमा कोरोनाको भाईरस पत्ता लगाउने प्रयोगशालाको स्थापना गर्दैछ, सरकार ।
कीट र प्रयोगशाला एउटै होईनन भनेर तिनलाई कसले बुझाउने ?
१८ करोड रुपैया काम नलाग्ने एम्बुलेन्स र अल्ट्रासाउण्ड खरीदमा खर्च गर्ने सरकार स्वास्थ्यकर्मीका लागि पीपीई किन्न सक्दैन । फेरि पनि लाज नमानी भन्छ, हामीले काम गर्दैछौ । रिजल्ट आउन केही समय लाग्छ ।
कोरोनाको प्रकोप शुरु भएको तीन महिना भयो । नेपालमै यसको सन्त्रास फैलिएको एक महिना भयो । र सुदूरपश्चिम पनि यसबाट आतंकित भएको दुई साता भयो ।
विश्व पुरै आतंकित भईरहदा हाम्रो सरकार सुतिरह्यो । सरकारको कामले कहिले रिजल्ट आउछ, थाहा छैन,
बिचौलिया, दलाल र कमिसनखोरका लागि काम गर्नेहरुबाट आशा गर्ने हामीहरु मुर्ख हौ । करोडौ रुपैयाका सामान खरीद र योजना वितरणबाट आउने ठूलो कमिसनमा व्यस्त रहेका सरकारका मन्त्रीहरुबाट पीपीई खरीद किन गरेन भनेर फेरि पनि गुनासो गरिरहन्छौ ।
ए सरकार, भनिदेउ, तिमीले खरीद गरेका करोडौ रुपैयाका ५० करोड भन्दा बढिका गाडी र ईक्युप्मेण्ट सुदूरपश्चिमको जनताको स्वास्थ्य र सुरक्षामा कति काम लागेका छन् ? कोरोनाको संक्रमण रोकथाममा ती कति काम लागेका छन् ?
आज केही करोड रुपैयाले स्थापना हुन सक्ने प्रयोगशाला नभएर हामी छटपटिरहेका छौ । केही हजार रुपैयाले खरीद गर्न सक्ने पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट (पीपीई) नभएर एम्बुलेन्स चालकले एम्बुलेन्स चलाउन नमान्दा संक्रमितका परिवार घरमै छटपटाईरहेका छन् ।
अझै सरकार भन्छ, हामीले काम गरिरहेका छौं । बिरोधीले राम्रा काम देख्दै देखेन ।
कमिसन आउने काम बाहेक । के राम्रा काम ग¥यो,सरकारले भनिदेओस । त्यतिले पनि पुगेन, देश कोरोनाको सन्त्रासमा भएको बेला मध्यरातमा डेढ अर्व रुपैया डल्लो बजेट रातारात बाँडेको समाचार बाहिरिएको धेरै दिन भएको छैन ।
डीपीआर र मन्दिरमा ५० करोड रुपैया भन्दा बढि स्वाहा गर्ने ए सरकार सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको सुधार किन तिम्रो डीपीआर वा योजनामा परेन ?
त्यसैपनि हामी स्वास्थ्यकर्मीको अभाव झेलिरहेका छौ । र भएका पनि संन्त्रासमा छन् । पीपीई नभएपछि डडेल्धुरा अस्पतालका दुई जना डाक्टरले जागीर छोडेका छन् । अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्टले त्यसको पुष्टि गरेका छन् । यसले के संकेत गर्छ ? त्यसले पार्ने असरको हेक्का राखेको छ सरकारले ?
सेनीटाईजर छैन । स्प्रिरिट छैन । मास्क छैन । पञ्जा छैन । पीपीई छैन । सेती प्रादेशिक अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकारले के ग¥यो ?
अझ कोही संक्रमित हुदा उसलाई उद्दार गरेर अस्पतालसम्म पु¥याउने एम्बुलेन्स छैन । कहाँ गए तिम्रा अत्याधुनिक एम्बुलेन्स । कहाँ गए,तिम्रा चालकहरु ?
यसका बाबजुद पनि काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सलाम छ । साँच्चिकै भगवान हुन्, उनीहरु । जसलाई हामी नागरिकले जहिल्यै लखेट्यौ । गाली गर्यौ ।
यस्तो सरकार हुनु र नहुनुले केही फरक पर्दैन । तर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु नहुने हो भने त्यसपछि उत्पन्न भयावह अवस्था हामीले सोच्न पनि सक्दैनौ ।
सुदूर पश्चिमका आम जनताले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाईरहन आआफ्ना तर्फबाट सहयोग गर्न जरुरी छ ।
उनीहरु बाँचे मात्र हामी बाँच्ने हो । त्यसैले उनीहरुको सुरक्षा र सुरक्षित किसिमले काम गर्ने वातावरण तत्काल बनाउनुपर्छ ।
यो सरकारको असफलता, लाचारी, निरिहता र अकर्मण्यताले सुदूरपश्चिमले व्यहोरिरहेको क्षतिको जिम्मेवार नेकपाका नेता लेखराज भट्ट, भीम रावल र कर्ण थापाहरु पनि हुन् । सरकारले के गरिरहेको छ, त्यो नहेर्नु । सरकारलाई निर्देशन नदिनु । सरकारलाई खवरदारी नगर्नु । यो हाईकमाण्डको पनि दोष हो । अव त यो दोषको माफी माग्न र सच्याउन पनि ढिलाई भईसकेको छ ।
कोरोना भाईरसबाट संक्रमित एक जना व्यक्ति धनगढीमा हिजो साँझ के भेटिए, धनगढीमा मुर्दा शान्ति छायो ।
लक डाउनको वेवास्ता गरेर सडकमा देखिनेहरु एकाएक सडकबाट हराए । डढेलो झै फैलिएको त्यो खवरले निमेषमै सम्साझै धनगढी पूर्ण रुपमा सुनसान भयो ।
संसारकै अत्याधुनिक एम्बुलेन्स र अल्ट्रासाउण्ड खरीद गर्न तीनका कम्पनीसंग सोझै पहूँच भएको प्रदेश सरकारलाई पीपीई, सर्जिकल मास्क र ग्लोब्स कहाँ पाईन्छ सम्म थाह भएनछ अहिलेसम्म ? सायद पीपीईमा ठूलो कमिसन आउदैन ।
प्रदेश सरकारको ढुकुटीमा आसेपासेलाई बाड्न पैसा छ । तर पीपीई, मास्क, सेनिटाईजर किन्न सरकारसंग त पैसा पनि छैन होला । शासकलाई जनताको स्वास्थ्य र सुरक्षासंग प्रत्यक्ष जोडिएका विषय भन्दा पनि कमिसनखोर र बिचौलियाको स्वार्थ प्रिय भएपछि हुने अवस्था यही हो । जो हाम्रो प्रदेशमा भएको छ ।
ईच्छाशक्ति र रुचि भएको दुई साता यता पीपीई, मास्क, पञ्जा, सेनिटाईजर प्रदेश सरकारले यही उत्पादन गर्न सक्थ्यो । नेपालगञ्जमा उत्पादन हुन सक्ने । यहाँ हुन नसक्ने कुरै भएन ।
तर प्रदेश सरकारलाई नेपालगञ्जमा उत्पादन हुने पीपीई खरीद गरेर ल्याउने जागरसम्म देखिएन । फेरि निर्लज्जतापूर्वक सरकार भन्छ्, हामीले पूर्ण तयारी गरेका छौ ।
एकातिर संक्रमितका परिवार उद्दार गर्ने एम्बुलेन्स नपाएर घरमै छटपटाईरहेका छन् । अर्को्तिर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पीपीई र अन्य अत्यावश्यकीय उपकरण र सुरक्षाको उपाय नभएर सन्त्रस्त छन् । सरकार भन्छ, ढुक्क हुनुस । ए सरकार भनिदेउ, हामी कसरी ढुक्क होऔ ।
हामी ढुक्क तव हुन्थ्यौ, जव चिकित्सकहरु ढुक्क भएर काम गर्थे । हामी तव ढुक्क हुन्थ्यौ, जव सुरक्षाकर्मीहरु ढुक्क भएर काम गर्थे । एम्बुलेन्स चालक जव ढुक्क भएर उद्दार गर्थे ।
ए शासकहरु याद गर, यतिबेला जनता जति जोखिममा छन्, त्यति नै जोखिममा तिमीह
प्रतिक्रिया