डिशहोमले प्रधानमन्त्रीकप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने

डिशहोमले प्रधानमन्त्रीकप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने


काठमाण्डु – डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला(टी–२०) मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले सहभागिता जनाउँने छन् ।

यस्तै काठमाण्डुको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन् ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछन् ।