जिल्ला समन्वयको अधिकार खोज्दै महासंघले बुझायो मन्त्रीलाई ज्ञापनपत्र

जिल्ला समन्वयको अधिकार खोज्दै महासंघले बुझायो मन्त्रीलाई ज्ञापनपत्र


धनगढी-  जिल्ला समन्वय समिति महासंघ ७ नम्बर प्रदेशका अध्यक्ष गणेश भट्ट लगाएतको टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई भेटेर जिल्ला समन्वयको काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा कानुन निर्माण गरिदिन भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा आफुहरुपनि जनताबाटै निर्वाचित भएको भए पनि काम, कर्तव्य र भुमिका स्पस्ट नभएको भन्दै उनीहरुले प्रदेश सरकारले भुमिका स्पष्ट हुने कानुन निर्माण गरिदिन जोड गरेका हुन् । ज्ञापनपत्रमा जिल्ला समन्वय सदस्यहरुको मर्यादाक्रम र सेवासुविधा पनि प्रष्ट पारिदिन माग गरिएको छ ।

साथै, प्रदेश सरकारले जिल्ला भरिका योजनाहरु जिल्ला समन्वय मार्फत गराउन अनुगमन कार्यविधि बनाई दिन पनि माग गरेका छन ।
जवाफमा मन्त्री बोहराले आफु यस विषयमा गंभिर रहेको र प्रदेश सरकारको हैसियतले यी कुरा क्याविनेटमा लैजाने र संघिय सरकारलार्इ पनि यस विषयमा जानकारी गराउने बताएका छन् ।