गोविन्द केसी बोल्नै नसक्ने अवस्थामा,सरकारले यसरी गर्दैछ केसीमाथी अन्याय

गोविन्द केसी बोल्नै नसक्ने अवस्थामा,सरकारले यसरी गर्दैछ केसीमाथी अन्याय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । अनशनको छैटौ दिनसम्म शुभेच्छुकमाझ बोलचाल गरेका केसी सातौं दिन (बुधबार) देखि बोल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

 

 

 

 

शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले बताएका छन् । केसीको शरीरमा पानीको मात्रा कम भएपछि २४ घन्टाको अवधिमा ६ वटा स्लाइन पानी दिन थालिएको छ ।

 

 

 

सहयोगीका अनुसार उनलाई बुधबार दिउसोबाट अत्यधिक छाती दुखेको छ । जसले श्वासप्रश्वासमा पनि समस्या भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले केसीलाई नबोल्न सुझाब दिएका छन् ।

 

सरकारी वार्ता समितिले कामै थालेन

प्रा.डा. केसीका मागमा सहमति खोज्न गठन भएको सरकारी वार्ता समितिले तीन दिनसम्म काम थालेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा गठन गरेको समितिले तीन दिन बित्दा पनि सहमतिका लागि पहल गरेको छैन ।

 

 

संयोजक उपाध्यायले समिति गठन भएको जानकारी पाए पनि काम सुरु नभएको बताए । ‘शिक्षा मन्त्रालयले केसीका मागका विषयमा छलफल र गृहकार्य गरिरहेको होला,’ उनले भने, ‘केसीका मागलाई सम्बोधन गर्ने किसिमले हामी अगाडि बढ्नेछौ ।’ चिकित्सा शिक्षा विधेयक बुधबार संसद्मा पेस हुने अवस्थामा थियो । तर, कार्यसूचीमा परेन ।

 

 

 

‘हामीले विधेयक पेस होला भनेर बुधबार वार्ता गरेनौ,’ शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमालले भने, ‘विधेयक पेस भएन, हामी बिहीबारबाटै केसी पक्षसँग वार्ता सुरु गर्नेछौ ।’ आजको नयँं पत्रिकामा समाचार छ ।