नेपाली डाक्टरलाई भारतले दियो निकै ठुलो सम्मान

नेपाली डाक्टरलाई भारतले दियो निकै ठुलो सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले सम्मान गर्ने भएको छ ।  गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले आखांका चिकित्सक रहेका  नेपाली डाक्टर रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ । 

 

 

 

रुईत संसारभर प्रख्यात आंखाका डाक्टर हुन् । पद्मश्री भारतमा निकै ठुलोपुरस्कार मानिन्छ । उनले सस्तो मुल्यमा आंखाको उपचार गरेर लाखौ मानिसलाई ज्योति प्रदान गरेको भन्दै सम्मान गरिएको भारतको प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ ।

 

 

रुइतको प्रविधिले मोदीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशत कम हुनुको साथै ३० भन्दा बढी देशमा यसको प्रयोग भएको ब्युरोको दाबी छ । उनि पैसा तिर्न नसक्ने विरामीलाई निशुल्क सेवा प्रदान गर्ने डाक्टरको रुपमा समेत परिचित छन् ।

 

उत्तर कोरीया गएर समेत रुइतले उपचार गरेको समाचार संसारभरका संचारमाध्यममा प्रख्यात भएको थियो । ताप्लेजुङमा जन्मेका डाक्टर रुइत हाल तिलगंगा आंखा केन्द्रका निर्देशक हुन् । उनि सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।