देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिकका दुई डाक्टर निलम्बनमा

देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिकका दुई डाक्टर निलम्बनमा


काठमाडौं– नेपाल मेडिकल काउन्सिलले देब्रे घुँडाको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक अस्पतालका दुई डाक्टरलाई निलम्बन गरेको छ।

काउन्सिलको इथिकल कमिटीले डा प्रवीण नेपाल र डा शैलज रञ्जितकारलाई उक्त घटनामा दोषी ठहर गरेपछि एक महिनाका लागि निलम्बनमा परेका हुन्।

काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्।

काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको पुष्टि भएको थियो।

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो।