एजेन्सी – थोरै उमेरमा प्रधानमन्त्री, मेयर बनेको कुरा त सुनिदै आएको थियो । तर, कुकुर पनि मेयर बनेको समाचार यो भन्दा पहिले सुनिएको थिएन । तर अमेरिकामा यस्तै भएको छ ।
अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नाम गरेको कुकुर मेयर बनेको छ ।
बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्कर नाम गरेको कुकुरलाई सहरको मेयर पदको सपथ ग्रहण गराइएको छ ।
फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा छनौट गरेका थिए । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् ।
पार्करको सपथ ग्रहणमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथ सँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो । समारोहका क्रममा पार्करले पहिरन पनि मानिसको जस्तै थियो ।
उसले टाई, क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् ।
प्रतिक्रिया