रास्वपा समर्थकको अमर्यादित शैलीप्रति पार्टी बैठकमा चिन्ता

रास्वपा समर्थकको अमर्यादित शैलीप्रति पार्टी बैठकमा चिन्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहक सभापति डोलप्रसाद अर्यालले पार्टीका समर्थकलाई सामाजिक सञ्जालमा मर्यादित र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अर्यालले पार्टी समर्थकको सामाजिक सञ्जालमा देखिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकपछि कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘कार्यबाहक सभापतिज्यूले सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको व्यवहार आफूहरूकै लागि हानिकारक बन्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको हो । उहाँले सबै सदस्यहरूलाई सामाजिक सञ्जालको प्रयोगमा आचारसंहिताको पालना गर्दै सभ्य, मर्यादित र संयमित ढंगले प्रस्तुत हुन, अनावश्यक टिप्पणी नगर्न र विवादास्पद लेखनबाट टाढा रहन विशेष अनुरोध गर्नुभयो ।’