ठमेलमा हप्ता असुली गर्ने डन ‘भाले’ पक्राउ

ठमेलमा हप्ता असुली गर्ने डन ‘भाले’ पक्राउ


काठमाडौं – काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहेका दिनेश लामा उर्फ भालेलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ ।

ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।