डोनाल्ड ट्रम्प महाअभियोग लाग्ने तेस्रो अमेरिकी राष्ट्रपति

डोनाल्ड ट्रम्प महाअभियोग लाग्ने तेस्रो अमेरिकी राष्ट्रपति


एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा महाभियोग प्रस्ताव प्रतिनिधि शभामा पारित भएको छ ।

डेमोत्क्याट सांसदको बहुमत भएको अमेरिकी संसदको तल्लो सदनले १९७ को बिरुद्धमा २३० मतले महाअभियोगको अनुमती दिएको हो । यो सँगै ट्रम्प महाभियोग लाग्ने अमेरिकाका तेस्रो राष्ट्रपति भएका छन् । १८८६ मा एन्ड्रियू जोनसन र १९९८ मा बिल क्लिनटनको बिरुद्धमा पनि महाअभियोग लागेको थियो ।

यो भन्दा पहिले अमेरिकी संसदमाको तल्लो सदन प्रतिनिधि शभामा बुधबार करिब १० घन्टासम्म बहस भएको थियो । यो अवधिमा डेमोक्याटिक प्रतिनिधि सुसान डेभिसले सदनमा जोडदार भाषण दिँदै आफ“हरुले राष्ट्रपतिमाथि महाअभियोग नलगाएको उनी आफैले यसो गरेको बताएका छन् ।

उनले थपे,“तपाई राष्ट्रपति हो र तपाईनै न्यायमा बाधा पार्दै हुनुहुन्छ । तपाई एक विदेशी नेतालाई घुस दिने प्रयास गर्नुहुन्छ । तपाई राष्ट्रिय सुरक्षामा खतरा हो । तपाईलाई महाअभियोग हुन्छ ।”

तल्लो सदनमा प्रस्ताव पारित भएपछि अब माथिल्लो सदन सिनेटमा मुद्धा चल्ने छ । ट्रम्पले आगामी महिना सिनेटमा मुद्धाको सामना गर्नु पर्नेछ । तर यहाँ उनकै पार्टीको बहुमत रहेको छ । यस्तो अवस्थामा उनलाई पदबाट हटाउने सम्भावना कम हुनेछ ।