वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेन्सी पेलोसीले कंग्रेसको इतिहासमै खराब महाअभियोगको सुनुवाईको अध्यक्षता गरेको आरोप लगाएका छन् ।
नेन्सी पेलोसीले आफूले अमेरिकाको इतिहासमै पक्षपातपूर्ण सुनुवाईको अध्यक्षता गरेको सिनेटका बहुमत प्राप्त नेता म्याकोनेलसँग पनि निश्पक्षताको माग गरेको ट्रम्पले ट्वीटरमार्फत गुनासो गरेका छन् ।
क्रिशमसको बिदामा पनि ट्रम्पले सभामुख पेलोसीको आलोचना गरिरहेका थिए । उनले बिहीबार बिहान पेलोसीमाथि खनिनुपूर्व डेमोक्र्याटहरुमाथि आक्रमण गरेका थिए ।
‘नेन्सी पेलोसीको क्यालिफोर्निया घरबिहिन र अपराधको मामिलामा अमेरिकाकै नराम्रो मध्येमा परेको छ । । यो साह्रै नराम्रो भएको छ । उनले पुरै नियन्त्तत्रण गुमाइसकेकि छन् । उनको गभर्नर गाभिन न्यूसम पनि अप्रतिस्पर्धी भइसकेका छन् । यो नराम्रो दृश्य हो,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।
‘नेन्सीले आफ्नो फोहोरी जिल्लाको सफाइ गर्नुपर्छ र घरविहिनलाइ सहयोग गर्नुपर्छ । यो नेन्सीका लागि प्राथमिक विषय हो,’ उनले थपे ।
पेलोसीको कंग्रेसनल जिल्ला अत्यन्त उदार रहेको छ र रिपब्लिकनहरुले याहाँ जित्ने सम्भावना अत्यन्त थोरै छ ।
प्रतिक्रिया