वासिङटन – अमेरिकाले इरानी सेनाका जनरल कासिम सुलेमानीलाई हवाई आक्रमणमा मारेर सबैलाई अचम्ममा पारेको मात्रै छैन कि विश्वमै हलचल समेत पैदा भएको छ ।
इरान जनरलको मृत्यूको बदला लिनका लागि आतुर छ भने बाँकि देश डोनाल्ड ट्रम्प प्रशासनको यो कदमको आलोचना गरिरहेका छन् । यती मात्रै होइन कि ट्रम्प स्वंय अमेरिकाभित्रै आलोचना र बिरोधको सामना गरिरहेका छन् ।
ट्रम्पको बिरुद्धमा उठिरहेको आवाजको वास्तविक कारण यो हो कि कासिम सुलेमानी बिरुद्ध ड्रोन आक्रमणको जानकारी अमेरिकी संसदलाई समेत दिइएको थिएन । अमेरिकी संसदका सभामुख तथा डेमोक्र्याट सांसद नेन्सी पेलोसीले ट्रम्पको बिरुद्धमा खुलेर कुरा गरिरहेकी छन् ।
न्यूज एजेन्सी एएफपीका अनुसार नेन्सी पेलोसीले आइतबार अमेरिकी कांग्रेसका सांसदलाई एक पत्र लेखेकी थिइन् । उक्त पत्रमा उनले इरानको बिरुद्धमा अमेरिकी राष्ट्रपतिको सैन्य कारबाहीलाई सीमित गर्ने प्रस्ताव राखेकी थिइन् ।
इरानसँग तनाव पैदा हुनाले अमेरिकी सैनिक तथा नागरिक दुवैमा खतार रहेकाले उनको यस किसिमको प्रस्ताव आएको हो । कांग्रेस सदस्यको नाताले आफ्नो पहिलो जिम्मेवारी आफ्ना नागरिकलाई सुरक्षित राख्नु रहेको उनको भनाई थियो ।
प्रतिक्रिया