इरानको आक्रमणपछि ट्रम्पको चेतावनी : म भोली बिहान घोषणा गर्छु !

इरानको आक्रमणपछि ट्रम्पको चेतावनी : म भोली बिहान घोषणा गर्छु !


वासिङटन– हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जवाफ फर्काएका छन् । उनले अमेरिकासँग विश्वकै शक्तिशाली सेना रहेको उल्लेख गर्दै नयाँ घोषणा भोली बिहान हुने बताए ।

‘अल ईज वेल’, ट्रम्पले भने, ‘सब ठीक छ । इराकस्थित हाम्रो दुई सैन्य ठेगानमा इरानले मिसाइल प्रहार गरेको छ । हताहती मानिस तथा नोक्सानीको आकलन गरिदै छ । अहिलेसम्म सबै ठीक छ । हामीसँग विश्वकै शक्तिशाली तथा राम्रो सेना रहेको छ । म भोली बिहान घोषणा गर्छु ।’

इरानी कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिका तथा इरान एक अर्काको आमने–सामने भएका छन् । उनलाई शुक्रबार इराकमा एक ड्रोन हमलामा मारिएको थियो । यो घटनापछि इरानमा शोक छाएको छ र सर्वोच्च नेता आयातुल्ला खुमेनीले अमेरिकालाई ठूलै नतिजा भोग्नु पर्ने चेतावनी दिएका छन् । यसपछि बुधबार इरानले इराकस्थित दुई अमेरिकी एयरबेसलाई निशाना बनायो र र सालाखला १ दर्जन मिसाइल प्रहार गरेको थियो ।