अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कुनै क्षति नपुगेको दाबी गरेका छन् ।
बुधबार विशेष सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई कुनै क्षति नपुगेको दाबी गरेका हुन् ।
उनले भनेका छन्, ‘इरानले गरेको मिसाइल आक्रमणमा कुुनै पनि अमेरिकीलाई क्षति भएको छैन ।’
उनले भने, ‘केही सामान्य क्षति भयो । कोही हताहत भएनन् ।’
इरानी सैनिक कमान्डरलाई पहिले नै मारिनुपर्ने पनि उनले बताए । ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति रहेसम्म इरानलाई आणविक हतियार राख्न नदिने बताएका छन् ।
गएराती इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ मिसाइल प्रहार गरेपछि त्यसको जवाफस्वरुप ट्रम्पले सो घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’
इरानले जेनरल कासिम सुलेमानी मारिने गरी भएको अमेरिकी हमलाको बदलास्वरूप इराकमा अमेरिकी सैन्यहरू रहेका हवाई अखाडामा मंगलबार राति मिसाइल आक्रमण गरेको थियो ।
ट्रम्पले भने, ‘हिजो राति जुन हमला भएको थियो, घटनामा मानवीय क्षति भएको छैन। हाम्रा सबै सैनिक सुरक्षित छन् ।’
इरानले भने कुल २२ मिसाइल खसाउँदा ८० अमेरिकी सैनिकको ज्यान गएको दाबी गरेको थियो ।
प्रतिक्रिया