जेरुसेलमलाई नै राजधानी बनाउने ट्रम्पको प्रस्तावमा इजरायलकाे समर्थन

जेरुसेलमलाई नै राजधानी बनाउने ट्रम्पको प्रस्तावमा इजरायलकाे समर्थन


वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइनबीच लामो समयदेखि चल्दै आएको लडाइ समाप्त गर्नका लागि पश्चिम एसियामा शान्ति योजना प्रस्तुत गरेका छन् । तर प्यालेस्टाइनले ट्रम्पको यो योजना खारेज गरेको छ ।

यद्यपि इजरायलले यो योजनानको प्रशंशा गर्दै ऐतिहासिक भएको बताएको छ । ट्रम्पले इजरायल–प्यालेसटाइन विवाद समाधान गर्ने उद्देश्यबाट आफ्नो पश्चिम एसिया योजनाको विवरण पेश गरेका छन् ।

ट्रम्पले भनेका छन्, ‘शान्ति योजना अनुसार जेरुसेलम इजरायलको अविभाजित राजधानी हुनेछ ।’

अमेरिकी राष्ट्रपतिले यो योजना मंगलबार ह्वाइट हाउसमा पेश गरेका हुन् । यो अवधिमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि त्याहाँ उपस्थित थिए । तर प्यालेस्टाइनकोतर्फबाट कुनै प्रतिनिधि त्यहाँ उपस्थित थिएनन् ।

ट्रम्पले शान्ति योजना प्रस्तुत गर्दै भनेका छन्, ‘इजरायलले शान्तिको दिशामा ठूलो कदम उठाएको छ ।’ यो योजनाका अनुसार जेरुसेलम इजरायलको अविभावित राजधानी हुनेछ । साथै ट्रम्पले प्यालेस्टाइनको राजधानीका लागि पूर्वी जेरुसेलमको प्रस्ताव गरेका छन् । ट्रम्पले भने, ‘प्यालेस्टाइनका लागि यो अन्तिम मौका हुन सक्छ ।’

यद्यपि ट्रम्पको यो शान्ति योजनालाई खारेज गर्दै प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले भनेका छन्, ‘यो प्रस्ताव र शान्ति योजना इजरायलको पक्षधर रहेको छ । यसैले हामी यसलाई खारेज गर्छौं ।’ उनले आफू नझुक्ने बताएका छन् । उनले इजरायलको बिरोध गर्ने पनि बताएका छन् ।

अब्बासले भने, ‘आज हामीले जुन बकबास सुनेका छौं, यसपछि हामी शान्ति योजना सम्झौताका लागि १ हजार पटक हुँदैन भन्छौ ।’

प्यालेस्टाइनका राष्ट्रपतिका अतिरिक्त प्यालेस्टाइनी इश्लामीक आन्दोलन हमासले पनि अमेरिकाद्वारा प्रस्तावित इजरायल–प्यालेस्टाइन शान्ति प्रस्तावलाई तत्काल खारेज गर्ने बताएको छ ।

हमासका वरिष्ठ अधिकारी खलिल अल –हाइयाले भने, ‘हामी यो प्रस्तावलाई खारेज गर्छौ । हामी प्यालेस्टाइनको राजधानीको रुपमा जेरुसेलम बाहेक कुनै अन्य विकल्प स्वीकार गर्दैनौं ।’

२०१७ मा अमेरिकाद्वारा इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता दिएको र २०१८ मा अमेरिकी दूतावस जेरुसेलम सारिएपछि अमेरिका र प्यालेस्टाइनबीचको राजनीतिक सम्बन्ध नाजुक अवस्थामा पुगेको थियो । सोही समयदेखि दुई देशबीच तनावको स्थिति पैदा भएको थियो ।