एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा भएको महाअभियोगको सुनुवाईमा अमेरिकी सिनेटले उनलाई सफाइ दिएको छ । यसको साथसाथै उनलाई ह्वाइट हाउसबाट हटाउने अभियानको अन्त्य भएको छ ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटले बुधबार उनीमाथि लागेको सत्ताको दुरुपयोगको आरोप ५२–४८ मतले खारेज गरेको छ । कांग्रेसलाई अवरद्ध गरेको आरोप पनि ५३–४७ मतले खारेज भएको छ ।
डेमोक्र्याट सांसदले ट्रम्पमाथि आगामी राष्ट्रपति चुनावमा आफ्ना सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्नका लागि युक्रेनमाथि दबाब दिएको आरोप लगाएका थिए ।
यो वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिका लागि चुनाव हुदैछ । महाभियोगको सामना गरेपछि पनि चुनाव लड्ने ट्रम्प देशकै पहिलो राष्ट्रपति उमेद्वार हुन् ।
बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय गरेको थियो । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो ।
यदि ट्रम्पलाई लागेको कुनैपनि आरोप प्रमाणित भएको भए उनले आफ्नो कार्यभार माइक पेन्सलाई सुम्पनु पर्दथ्यो ।
डेमोक्र्याट पार्टीको नेतृत्व भएको हाउस अफ रिप्रिजेन्टिभले १८ डिसेम्बरमा महाअभियोगको मन्जुरी दिएको थियो ।
दोस्रो पटक राष्ट्रपति बन्ने प्रयासमा रहेका ट्रम्पले आफूमाथि लागेको आरोप सधै अस्वीकार गर्दै आएका छन् ।
उनको चुनावी अभियानकोतर्फबाट जारी एक बयानमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले पुरै रुपबाट सफाइ पाएका छन् । अब फेरी उनले अमेरिकी जतनाको सेवा गर्न पाउने छन् । डेमोक्र्याटलाई थाहा छ कि ट्रम्पलाई हराउन सकिँदैन । त्यसैले उनीहरु ट्रम्पलाई हटाउन चाहन्छन् ।’
बयानमा भनिएको छ कि यो कठोर परीक्षा तथा बकवास केबल डेमोत्र्mयाटिक पार्टीको एक चुनावी एजेन्डा थियो ।
प्रतिक्रिया