अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ३४ वटा मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ३४ वटा मुद्दामा दोषी ठहर


काठमाण्डु – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ३४ अपराधका मुद्दाहरूमा दोषी ठहर भएका छन् । बिहिबार न्यू योर्कको अदालतले ट्रम्पलाई पूर्वपोर्नस्टारसँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको, राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेकोलगायत ३४ अपराधका मुद्दाहरूमा दोषी ठहर गरेको हो ।

एशोसियटेड प्रेस (एपी) ले अमेरिकाको इतिहासमा ट्रम्प जघन्य आरोप लागेको र आरोप पुष्टि भएको पहिलो पूर्वराष्ट्रपति बनेको उल्लेख गरेको छ ।

म्यानहटन ज्यूरीले दुई दिन गरी ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गरिएको फैसला सुनाए पनि सजाय भने तोकिसकेको छैन।

न्यायाधीश जुआन एम. मर्चनले जुलाई ११ मा ट्रम्पको सजाय तोकिने जानकारी दिएका छन् ।

ट्रम्पविरुद्धका सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरूबीचको सम्बन्ध लुकाउन १ लाख ३० हजार डलर पैसा दिएको, राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू गायव गरेको लगायत फौजदारी अपराधसँग सम्बन्धित मुद्दाहरूमा फैसला आउन अझै बाँकी छ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपतिका उम्मेदवार हुन्। उनी दोषी ठहर भएपनि चुनाव लड्न पाउँछन्। अमेरिकामा जेलभित्रै बसेर पनि चुनाव लड्न पाउने व्यवस्था छ।