अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार


काठमाण्डु-अमेरिकका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको अमेरिकी सुरक्षा एजेन्सी (एफबीआई)ले जनाएको छ ।

गएराति अमेरिकाको फ्लोरिडास्थित एक गोल्फ क्लबमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहारको प्रयास भएको छ ।

एफबीआईका अनुसार ट्रम्प सुरक्षित छन् । अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार राति करिब २ बजे उनीमाथि गोली प्रहारको प्रयास भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान भने सुरु गरिसकेको छ ।

गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो । एफबीआईका अनुसार, ट्रम्प यस समयमा २७५ देखि ४५५ मीटर टाढा थिए । घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन् ।

ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरका अनुसार नजिकैको झाडीमा भने एके ४७ राइफल फेला परेको र एकजना शंकास्पद व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन् । उनीमाथि यसअघि पेनसिलभेनियामा पनि गोली प्रहार भएको थियो । त्यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो ।

घटना पछि ट्रम्पले भने आफूले हार नमान्ने बताएका छन् । उनले आफ्ना समर्थकलाई इमेल लेख्दै भनेका छन्, ‘म सुरक्षित छु । ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ । तर, म यस्ता घटनाले भने आत्मसमर्पण गर्दिन ।’