काठमाडौं–डोटीको बड्डीकेदार गाउँपालिका–४ मान्नाकापडीमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक बालिकासहित तीन यात्रुको मृत्यु भएको छ।
डोटीको अत्तरकाँडाबाट धनगढी आउँदै गरेको ना ३ ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो।
दुर्घटनामा बड्डिकेदार गाउँपालिकाका–४ का वर्षीय जगदीश चन्द, सोही गाउँपालिकाकी ३५ वर्षीया मीना पुन मगर र सोही गाउँपालिकाकी चार वर्षीया बालिका पुष्पा जेठाराको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते २१ मध्ये १३ जना पुरुष, ४ जना महिला र ४ जना बालबालिका रहेका छन्।
बस दुर्घटनामा चालक प्रकाशबहादुर चन्द तथा गाडीसँग सम्बन्धीत व्यक्तिहरूको लापरवाही देखिएको प्रहरीले ठहर गरेको छ।
विपीनगर प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टका अनुसार बस विग्रिदा समेत करिव १० किलोमिटरसम्म गुडाइएको छ।
‘अत्तरडाँडामै बसको स्टेरिङ भाँच्चिएको रहेछ, तर चालकले खड्यौली बजारमा मर्मत गर्ने भन्दै बस गुडाएको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ प्रहरी निरीक्षक विष्टले भने, ‘चालकको लापरवाहीले खड्यौली नपुग्दैै बस दुर्घटनामा परेको छ।’
तस्बिर अनलाइन खबरबाट।
प्रतिक्रिया