डोटीमा एकै घरका ४ जनाले सेति नदीमा हाम फाले

डोटीमा एकै घरका ४ जनाले सेति नदीमा हाम फाले


डोटी- डोटीको आदर्श गाउपालिकाका एकै घरका ४ जनाले सेति नदीमा हाम फालेको प्रहरीले जनाएको छ । आदर्श गाउपालिका वडा नम्बर ४ बस्ने बंमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेति नदीमा हाम फालेका हुन ।

नदीमा हाम फल्नेमा बोहराकी २८ वर्षीया श्रीमति धौली बोहरा, १२ बर्षीया छोरी राधीका बोहरा, ८ बर्षीया छोरा सुरेन्द्र बोहरा र ६ बर्षीया छोरा सुनिल बोहरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालवहादुर धामीलले घटना गत साउन १ गते चारै जनाले हाम फालेको भएपनि प्रहरीलाई ढिला गरी जानकारी भएको बताए ।

सेतीमा हाम फाल्ने मध्ये ६ बर्षिया सुनिल वोहरालाई सेती नदिमा माछा मार्दै गरेका स्थानीय मानवहादुर विकले बचाएका थिए भने अन्य तिन जनाको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन् । प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।