डोटीमा जिप दुर्घटना हुदा एकै टोलका ८ जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुदा एकै टोलका ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्ण चन्द , डोटी– डोटीको बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरको चपरतोला गाउ सोकमग्न बनेको छ ।  बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जिप दुर्घटनामा मृत्यु हुने ८ जना सिमचौरको चपरतोलाका स्थानीय रहेका छन ।  एकै टोलबाट ८ जनाको मृत्यु र  ७ जना घाईते हुँदा सिंगै गाउँ स्तब्ध भएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले वताए ।

 

साबिकको गगुडा गाबिसको वडा –८  कटै गाउँको धार नजिकै गाडी दुर्घटना भएको हो ।  मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ बर्षिय बिष्णुबहादुर मगर, ५५ बर्षिय भिम घर्तिमगर, ५० बर्षिय बुढो घर्ति मगर, ४५ बर्षिय गोरख थापा, ४८ बर्षिय शसिराम बहादुर पुनमगर, ४५ बर्षिय ललीता देबी पुन, ४० बर्षिय टेकबहादुर पुनमगर, ३० बर्षिय चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका १–कपल्लेकीका २८ बर्षिय चालक कृष्णबहादुर नेगीको घटना स्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।  

 

गम्भीर घाईते हुनेहरुमा दलबहादुर पुनमगर, हर्कबहादुर पुनमगर, बिरबहादुर घर्तिमगर र प्रकाश घर्तिमगर रहेका छन । ३ जनाको अबस्था भने सामान्य रहेको छ ।
 घाईतेको थप उपचारका लागी सुजङ अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका रहेका छन ।  शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप शुक्रवार राती दुर्घटनामा परेको हो । जिप सडकबाट १ किलोमिटर तल भिरमा खसेको छ ।  दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् ।