काठमाण्डु – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले भारतीय समकक्षी अजित डोभालसँग भेटवार्ता गरेका छन् ।
अमेरिकी वरिष्ठ अधिकारी र उद्योगी प्रतिनिधिमण्डलसँगै सल्लाहकार सुलिवान १७–१८ जुनसम्म नयाँदिल्लीको औपचारिक भ्रमणमा छन् ।
भेटमा महत्त्वाकांक्षी भारत–अमेरिकी पहल क्रिटिकल एण्ड इमर्जिङ टेक्नोलोजी (आईसीईटी) को कार्यान्वयनमा केन्द्रित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सल्लाहकार सुलिवानले यसअघि विदेशमन्त्री एस जयशंकरलाई पनि भेटेका थिए ।
प्रतिक्रिया