माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, नत्र आन्दोलन गर्छुः गोविन्द केसी

माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, नत्र आन्दोलन गर्छुः गोविन्द केसी


काठमाडौं- गृह मन्त्रालयले माइतीघर मण्डलालगायत स्थानमा विरोध प्रदर्शन गर्न लगाएको रोक फिर्ता लिन माग गर्दै नागरिक अभियन्ता डा. गोविन्द केसी र उनका कानुनी सल्लाहकारहरू डा. सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालले बुधबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

विरोध प्रदर्शन गर्न पाउने संविधानप्रदत्त हकमाथि सरकारले बन्देज लगाएको भन्दै डा. केसीको समूहले गृहमन्त्री रामबहादुर थापाका नाममा ज्ञापनपत्र बुझाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। सरकारले बन्देज फिर्ता नगरे त्यसविरुद्ध आन्दोलन सुरु गर्ने पत्रमा उल्लेख छ।