प्रधानन्यायाधीशलाई महाअभियोग नलगाए फेरी अनसन बस्छुः डा केसी

प्रधानन्यायाधीशलाई महाअभियोग नलगाए फेरी अनसन बस्छुः डा केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग  नलगाए फेरी आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

केसीले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी भ्रष्टाचार, माफियागिरी गरेको आरोप लगाउँदै महाअभियोग लगाएर पदमुक्त्त नगरे अनशन बस्ने चेतावनी दिएका हुन् ।

केसीका अनुसार पराजुलीले आफै पदबाट राजीनामा दिनुपर्ने नभए सरकारले महाअभियोग लगाउनुपर्छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘निजले राजीनामा गरी पद त्याग नगरेमा वा निज विरुद्ध महाअभियोग नलगाइएमा सत्याग्रह सहितका कडा कदम चालिने जानकारी गराउँदछौँ’

केसी र अभिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधिस पराजुलीको नागरिकता फर्जी भएको आरोप लगाउँदै शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

निवेदनमाथि सर्वोच्चले सूचना नदिने व्यहोरासहितको पत्र थमाउन खोजेको आरोप लगाउँदै केसीले आफूहरुको आशंका पुष्टि हुने आधार थपिएको बताए । उनले भने-‘ हामीले मागेको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ । यस सम्बन्धमा हामीले थप कदम चाल्ने छौं ।’

डा. केसीले प्रधानन्याधिस बिरुद्द पदको दुरुपयोग गरी भ्रष्टाचार, माफियागिरी गरेको आरोप लगाउँदै यसअघि पनि अनशन बसिसकेका छन् ।