अनशन तोडे डा. केसीले, चिकित्सा विधेयक अध्यादेशबाट ल्याइने

अनशन तोडे डा. केसीले, चिकित्सा विधेयक अध्यादेशबाट ल्याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले १४ दिनदेखिको अनशन तोडेका छन्।

 

 

सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउनेसहित १० बँदे प्रतिबद्धता जनाएपछि डा. केसीले बुधबार अनशन तोडेका हुन्।

 

केसीले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट जुस पिएर अनशन तोडे।

 

 

सरकारी वार्ताका टोलीका सदस्य तथा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमालका अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन आगामी मन्त्रीपरिषदको बैठकमा प्रस्ताव लैजानेलगायत १० बुँदे सहमति भएको छ।

 

माथेमा आयोगको प्रतिवेदनअनुसार अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने, आफुखुशी विद्यार्थीबाट शुल्क लिँदै आएको काठमाडौँ विश्वविद्यालयलाई तोकिएको शुल्क लिएर मात्र विद्यार्थी भर्ना गर्न परिपत्र गर्नेलगायतका १० बुँदे सहमति भएको रिमालले बर्ताए।