खोप लगाएपछि सामान्य स्वास्थ्य समस्या दखिए डराउनु पर्दैनः डा. पुन

खोप लगाएपछि सामान्य स्वास्थ्य समस्या दखिए डराउनु पर्दैनः डा. पुन


काठमाण्डु – सरुवा रोग विशेज्ञष डा शेरबहादुर पुनले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य भएको बताएका छन् ।

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’बारे भक्तपुर डाक्टर सोसाइटीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै डा पुनले खोप लगाएपछि सामान्य समस्या देखिएपनि आत्तिनु नपर्ने बताएका हुन् ।

‘खोप विभिन्न अनुसन्धानपछि मात्र प्रयोगमा आएकाले यसले मानव हितको पक्षमा काम गर्छ । यो खोप कोरोना महामारीविरुद्व एक ऐतिहासिक सफलता हो,’ उनले भने ।