‘ड्रेस टु इम्प्रेस’ को दशौँ संस्करण सम्पन्न

‘ड्रेस टु इम्प्रेस’ को दशौँ संस्करण सम्पन्न


काठमाण्डु-ड्रेस टु इम्प्रेस’ को दशौँ संस्करण सम्पन्न भएको छ । काठमाडौँमा भएको कार्यक्रममा फेसन डिजाइनरका विद्यार्थीहरुले आफूले तयार पारेका पहिरनहरु आफैँले प्रदर्शन गरे ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा सहभागि डिजाइनरहरुलाई पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन विभाजन गरिएको थियो । ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ मा विभिन्न चार विधामा चार डिजाइनरहरु उत्कृष्ट घोषित भए ।

फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धि नम्बर ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भएको हो ।

‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धि नम्बर ३६ खुश्बु सेवा सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको आकर्षक शैलीको पहिरनले प्रतिस्पर्धाका निर्णायकसंगै दर्शकको समेत मन जितेको थियो ।

तेस्रो विधा ‘क्यारिङ अवे इन डेजाभू’ बाट प्रतिस्पर्धि नम्बर ७७ सिलु बज्राचार्य उत्कृष्ट बनिन् । र,‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा भने प्रतिस्पर्धि नम्बर ११३ ईन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन उत्कृष्ट बनेको थियो ।