सशस्त्र प्रहरीद्धारा ७० केजी गाँजा सहित २ जना प्रकाउ

सशस्त्र प्रहरीद्धारा ७० केजी गाँजा सहित २ जना प्रकाउ


वीरगन्ज — काठमाडौंबाट पर्साको जितपुर आउँदै गरेको टाटासुमोमा ७० किलो गाँजासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको बेल्वा सुरक्षा बेसले शुक्रबार राति करिब ११ बजेको समयमा वीरगन्ज महानगरपालिका ३१ सोलखपुर स्थित जनता सडकमा चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काले बताए।

‘गाँजासँगै पर्सागढी नगरपालिका–३ का २६ वर्षीय गोविन्द चौधरी र वडा ९ का दिनेश दास थारुलाई नियन्त्रणमा लिइएको खड्काले बताए।
ना१ज २४९३ नम्बरको गाडीलाई चेकजाँच गर्दा शंकास्पद बोरा फेला परेको थियो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘बोरा खोलेर हेर्दा ५ बन्डलमा गाँजा राखिएको थियो।’

जिल्लामा गाँजा खेती नभएपनि पहाडी जिल्लाको उत्पादन पर्सा भएर भारततर्फ अवैध निकासी हुँदै आएको छ। सुरक्षाकर्मी र गाँजा कारोबारीबीच पटक पटक दोहोरो भिडन्त समेत भएका छन्।