लागुऔषधसहित पर्वतमा दुई जना पक्राउ

लागुऔषधसहित पर्वतमा दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत – प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ । प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद १६ हजार बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।