लागूऔषध र नक्कली हतियारसहित ३ जना पक्राउ

लागूऔषध र नक्कली हतियारसहित ३ जना पक्राउ


काठमाडौं – नक्कली हतियार र लागूऔषध कारोबारीको एउटा समूहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान घर भई समाखुशी बस्ने २३ वर्षीय डेनिस राई, २७ वर्षीया प्रज्ञा राई र वनस्थलीका ३० वर्षीय सुभाष गुरुङ छन् ।

उनीहरु लामो समयदेखि लागू औषध कारोबार र लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट नक्कली हतियारसहित डाईजेपाम ११ थान, फेनारगन थान ११ र ब्यूप्रिनोफिन थान ११ बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले दिएको जानकारी अनुसार, उनीहरुको साथबाट प्लाष्टिकको सर्टगन, प्लाष्टिक र काठबाट निर्मित १२ बोर, प्लाष्टिकको पेस्तोल बरामद गरेको छ ।