काठमाण्डु–चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ । जाडोयामले छोएसँगै छालाको सौन्दर्य कायम राख्न चुनौतीपूर्ण बन्ने गर्छ।
यो मौसममा छालाहरू रुखो र खस्रो हुने गर्छ भने सुन्निनेजस्ता विभिन्न समस्या देखा पर्छन्। छाला सुख्खा हुँदा हातखुट्टा फुट्ने, हातखुट्टाको छालामा चिरा पर्नेजस्ता समस्या आउँछन् । सुख्खापनले छालालाई खराब गराउँछ भने छालाको नरमपन र चमक हराउछ ।
जाडोबाट बच्नका लागि हामी धेरै तातोमा बस्न रुचाउँछौ । धेरै आगो ताप्ने, हिटर ताप्ने र एसी चलाउने गर्छौं त्यो धेरै तातोपनले पनि छाला सुख्खा हुन्छ ।
जाडोमा धेरै तातो पानीले नुहाउने धेरैको बानी हुन्छ । तर नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुँदै जान्छ । छाला सुख्खा हुने गर्छ । जाडोमा जसले ट्रन्सफ्याट र स्याचुरेटेड फ्याट भएका खानेकुरा धेरै खान्छन्, उनीहरूमा छाला सुख्खा हुने, फुट्ने समस्या देखिन्छ ।
छालालाई सुख्खा हुनबाट कसरी जोगाउने
–हिंड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।
–छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।
–धेरै तातो पानीले सावरबाट सीधै ननुहाउने ।
–एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाई जोगाउन सहयोग गर्छ ।
–कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
–नुहउना साथै तेल अथवा मोइस्चराइजर लगाइहाल्ने । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुस् र टाबेलले शरीर पुच्नेवित्तिकै लगाउनुस् । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
–यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।
–प्रशस्त मात्रामा भिटामिन ई युक्त खानेकुरा जस्तै किबी, अण्डा, ड्राइ फ्रुट्स, हरियो पत्तेदार तरकारी, एभोकाडो, ब्रोकाउली खानुपर्छ ।
प्रतिक्रिया