काठमाडौं – ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्वतमा डीएसपी श्यामु अर्याललाई पठाएको छ । यस्तै पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा तानेको छ ।
यता चितवनको इलाका प्रहरी कार्यालय टाँडीको प्रमुखमा डीएसपी सन्तोष आचार्यको सरुवा भएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय तानेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ भने बाँकेमा कार्यरत डीएसपी राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।
प्रतिक्रिया