सफाई पाएपछि डीएसपी जीसीले भनेः न्याय मरेको रहेनछ

सफाई पाएपछि डीएसपी जीसीले भनेः न्याय मरेको रहेनछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – निर्मला पन्त बलात्कार तथा हत्या काण्डमा प्रमाण नष्ट गरेको आरोपमा सफाई पाएका डीएसपी अंगुर जीसीले आफुले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

कञ्चनपुर की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा मुद्दा खेपिरहेका डीएसपी जीसीले बिहिबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले सफाई दिने फैसला सुनाएसँगै न्याय मरेको रहेनछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिएका हुन् ।

‘हामीमाथि गलत मुद्दा लगाइएको थियो, न्याय मरेको रहेनछ,’ उनले भने, ‘न्याय मर्ने पनि छैन भन्ने पुष्टि भएको छ ।’
उनीसहित ८ प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले प्रमाण नष्ट गरेको र यातना दिएको आरोपमा उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो ।