नारायणघाट-बुटवल सडक वैशाख १५ गतेसम्म राति बन्द रहने (सूचनासहित)

नारायणघाट-बुटवल सडक वैशाख १५ गतेसम्म राति बन्द रहने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड रातको समयमा बन्द रहने भएको छ । सो सडकको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातको समयमा सवारी साधान बन्द रहने छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो ।

नारायणघाट–बुटवल सडक आयोजनाका अनुसार वैशाख १५ सम्म दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

आउँदो वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा गाडी रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने आयोजनाले जनाएको छ ।

यसअघि चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।

आयोजनाका अनुसार साँघुरो क्षेत्रमा गाडी रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।

दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको आयोजनाले जनाएको छ ।

नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये १०० किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार गर्न लागिएको छ ।

सामान्य पानी परेको बेलामा पनि हिलो हुँदा यहाँको सडकमा गाडी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।