दुबई एयरपोर्ट पानीले जलमग्न, उडान अवतरण अवरुद्ध

दुबई एयरपोर्ट पानीले जलमग्न, उडान अवतरण अवरुद्ध


दुबई – विश्वकै व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल दुबई भारी वर्षाका कारण पानीले जलमग्न भएको छ । विमानस्थल पानीले जलमग्न भएपछि त्यहाँबाट हुने उडान र अन्यत्रबाट विमानले अवतरण गर्न सकेका छैनन् ।

यात्रीहरुले १२ घन्टा भन्दा पनि बढी समयदेखि कठिनाईको सामना गर्नु परेको छ । शनिबारको भारी वर्षा तथा बाढीका कारण कयौं विमानको उडानमा ढिलाई भएको छ र केही रद्द समेत भएका छन् । कयौं विमानले रुट बदलेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उडानमा १२ देखि १४ घन्टा सम्मको ढिलाई भएको छ । संयुक्त अरब इमिरेट्सले निर्देशिका जारी गर्दै भनेको छ, “भारी वर्षाका कारण उडान प्रभावित भएको छ । तर, यात्रीका लागि वैकल्पिक व्यवस्था गरिदै छ ।”