एजेन्सी – एटलान्टिक महासागरमा डुंगा दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुक गाम्बियाबाट युरोपका लागि हिडेको आप्रवासी चढेको डुंगामा कम्तिमा १५० जना सवार रहेको अनुमान गरिएको छ ।
मौरिटानिया नजिक दुर्घटना भएको उक्त डुंगामा महिला र बालबालिका पनि सवार थिए । यो डुंगा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटनाग्रस्त भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका एक अधिकारी लाउरा लुंगारोटीले बताए ।
उनले डुंगामा सवार धेरै जना समुद्रमै डुबेका र बाँच्न सफल भएका एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय शहर नौडिबाउमा आएको जानकारी दिए । उनले कम्तीमा ८३ जना आप्रवासी पौडिएर तटीय इलाकामा निस्कन सफल भएको बताए ।
घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । पौडिएर बाँच्न सफल भएकाले आफूहरू गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताएको अन्तर्रा्ष्ट्रिय संचार माध्यमले जनाएका छन् । यद्यपि यस सम्बन्धमा गाम्बिया सरकारले केही बताएको छैन ।
प्रतिक्रिया